Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनाेट गर्याे लमजुङका ३२ विद्यालय

केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनाेट गर्याे लमजुङका ३२ विद्यालय


  • 3.7K
    Shares

    केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनाेट गर्याे लमजुङका ३२ विद्यालय
    images

    काठमाडौं । शिक्षा तथा मानव स्राेत विका केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङ जिल्का ३२ विद्यालय छनोट भएका छन् । राईनासका नगरपालिका ८, बेसीशहरका ६ र  सुन्दरबजार नगरपालिकाका ५ विद्यालय छनोटमा परेका छन् । 

    त्यस्तै, दोर्दी गाउँपालिकाका ५ , मध्यनेपाल नगरपालिकाका ४ , मर्स्याङ्दी गाउँपालिकाका  ३ र दुधपोखरी गाउँपालिकाको १ विद्यालय छनोट भएक छन् । केन्द्रका अनुसार छनोट भएका १४ वटा विद्यालयमा कक्षा कोठा निर्माण हुनेछ भने १७ वटा विद्यालयमा नविन प्रविधि जडान र १ विद्यालयमा प्रयोगशाला निर्माण गरिने छ ।

    भवन निर्माणका लागि छनौट भएका विद्यालय मध्य ८ वटा विद्यालयमा ४ कोठे भवन बन्नेछ भने ९ वटा विद्यालयमा दुई कोठे भवन बन्ने छ । जिल्लामा गत वर्ष सोही कार्यक्रम अन्तर्गत १६ विद्यालय छनोटमा परेका थिए । छनोट भएका विद्यालयले ६ लाख ५० हजारदेखि ३६ लाख रुपैयाँसम्म अनुदान पाउने छन् । 

    प्रकाशित मिति :फाल्गुण ७ २०७८ शनिवार - १४:४५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij