Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

शिक्षक सेवा आयोग: कतिको हातमा छ शिक्षण लाईसेन्स ? चैत्रको पहिलो साता देखि लाईसेन्सको विज्ञापन खुल्ने

शिक्षक सेवा आयोग: कतिको हातमा छ शिक्षण लाईसेन्स ? चैत्रको पहिलो साता देखि लाईसेन्सको विज्ञापन खुल्ने


  • 25.4K
    Shares

    • images
    शिक्षक सेवा आयोग: कतिको हातमा छ शिक्षण लाईसेन्स ? चैत्रको पहिलो साता देखि लाईसेन्सको विज्ञापन खुल्ने

    काठमाडौं । शिक्षक सेवा आयोगका अनुसार एक लाख ४४ हजार ३८१ जनाले माध्यमिक तहमा अध्यापन गराउने अनुमति (लाइसेन्स) लिएका छन्। निमाविमा तहका लागि लाइसेन्स लिनेको संख्या तीन लाख ७० हजार १२ छ। प्रावि तहको लाइसेन्स लिनेको संख्या दुई लाख दुई हजार ७१२ छ।

    शिक्षक सेवा आयोगले आगामी चैत्रको पहिलो साताबाट शिक्षकका लागि लाईसेन्सको विज्ञापन गर्ने भएको छ । आयोगको ११ औं संसोधित नियमावलि यमावली अनुसार अब विषयगत लाईसेन्स प्रदान गरिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिएका छन् ।

    उनले भने, ‘शिक्षक सेवा अनुमति (लाइसेन्स) लाईको विज्ञापन आगामी चैत्रको पहिलो साताबाट खुल्दैछ । यसै बर्ष देखि निम्न माध्यामीक तह र माध्यामी तहमा विषयगत परिक्षा हुनेछ । त्यस्तै शिक्षक सेवा आयोग नियमावली २०५७ ले दुर्गम क्षेत्रका विद्यालयमा पठन पाठन गर्न अस्थायी अध्यापन अनुमतिपत्र (लाईसेन्स) दिन सक्ने व्यवस्था गरेको छ । नियमावलीले दिएको अधिकार प्रयोग गर्दै उक्त कार्य तुरुन्तै शुरु गरिने आयोगले जनाएको छ। यो व्यवस्था सँगै अब अस्थायी रुपमा अध्यापन अनुमतिपत्र लिन सकिनेछन् ।’

    आयोगको नियमावलीमा भनिएको छ, ‘विज्ञान, गणित वा अंग्रेजी विषयमा अध्यापन अनुमतिपत्र लिएको व्यक्ति उपलब्ध नभई दुर्गम क्षेत्रका विद्यालयमा त्यस्तो विषय पठन पाठन हुन नसक्ने भएमा आयोगले नियम ९ बमोजिमको तालीम नलिएको भए तापनि न्यूनतम शैक्षिक योग्यता पुगेका व्यक्तिहरू मध्येबाट अस्थायी अध्यापन अनुमतिपत्रको लागि दरखास्त आव्हान गर्न सक्नेछ ।’ भन्ने व्यवस्था गरेको छ ।

    यो व्यवस्था सँगै योग्यता पुगेका व्यक्तिहरुले अस्थायी अध्यापन अनुमतिपत्रको लागि दरखास्त दिन सक्नेछन् । शिक्षक सेवा आयोगले पूर्णता पाए लगत्तै उक्त कार्य हुने बुझिएको हो।

    शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने शिक्षक पदमध्ये पैंतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी देहायका उम्मेदवारहरू बीचमा मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछः–

    समावेशी तर्फ
    १) महिला – तेत्तीस प्रतिशत
    २) आदिवासीरजनजाति – सत्ताईस प्रतिशत
    ३)तराई–मधेशमा बसोबास गर्ने मधेशी,आदिवासी÷जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय – बाईस प्रतिशत
    ४) दलित – नौ प्रतिशत
    ५) अपाङ्ग – पाँच प्रतिशत
    ६) पिछडिएको क्षेत्र – चार प्रतिशत

     

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - १२:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij