Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज विश्वभर सार्वजनिक हुँदै रियलमी ९ प्रो सिरिज

आज विश्वभर सार्वजनिक हुँदै रियलमी ९ प्रो सिरिज


  • 4.3K
    Shares

    • images
    आज विश्वभर सार्वजनिक हुँदै रियलमी ९ प्रो सिरिज
    images

    काठमाडौं । रियलमीले आज (बुधबार) रियलमी ९प्रो सिरिजका स्मार्टफोन विश्वभर एकसाथ सार्वजनिक गर्ने भएको छ । यो सिरिज अन्तर्गत कम्पनीले रियलमी ९ प्रो, रियलमी ९ प्रो प्लस र रियलमी ९आई फोन ल्याउने बताइएकाे छ ।

    विश्वभरको बजारमा यी सबै माेडल सार्वजनिक हुने वा बजार अनुसार कुनै दुई वा एक मात्र सार्वजनिक हुने भन्ने विषयमा भने केही जानकारी आइसकेको छैन ।

    किनभने कम्पनीले ‘रियलमी ९ आई’ भारतीय बजारमा गत महिनामै सार्वजनिक गरिसकेको थियो । यसर्थ यो विश्व बजारमा आउने वा नआउने यकिन भने गरिएको छैन ।

    कम्पनीले सार्वजनिक गर्न लागेको अर्को फोन ‘रियलमी ९ प्रो’ मा १२० हर्ज सहितको ६.५९ इन्चको डिस्प्ले उपलब्ध हुने जनाइएकाे छ । क्वालकमको स्न्यापड्रागन ६९५ फाइभजी एसओसी चिपसेटमा आधारित यो फोन ६ जीबी र ८ जीबी र्‍याम अप्सनका साथमा १२८ जीबी भेरियन्टमा उपलब्ध हुनेछ ।

    यसमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको सेकेन्डरी क्यामेरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुनेछ । साथै फोनमा ५००० एमएएचको ब्याट्री हुनेछ ।

    त्यसैगरी रियलमी ९ प्रो प्लसमा ९० हर्ज रिफ्रेसरेट सहितको ६.४३ इन्चको सुपर एमोलेड डिस्प्ले उपलब्ध हुनेछ । ८ जीबी र्‍यामसहित यो फोनमा २५६ जीबीको स्टोरेज हुनेछ भने ५० मेगापिक्सेलको मेन क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा हुने बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७८ बुधवार - १४:५३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij