Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

घट्यो सुनको मूल्य, तोलाको कति ?

घट्यो सुनको मूल्य, तोलाको कति ?


  • 3.5K
    Shares

    • images
    घट्यो सुनको मूल्य, तोलाको कति ?
    images

    काठमाडौ । सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको छ । मंगलबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेको मूल्य बुधबार भने ओरोलो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार एक सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा झरेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ थियो ।

    आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले ओरोलो लागेको छ । आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ तोकिएको छ । मंगलबार तोलामा १३ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७८ बुधवार - १२:२८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij