Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस, कसले मार्ला बाजी

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस, कसले मार्ला बाजी


  • 3.9K
    Shares

    धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस, कसले मार्ला बाजी
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ३ जनाको नाम सर्ट लिस्ट भएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सर्ट लिस्ट गरेको छ ।

    समितिले डा. गोपाल प्रसाद भट्ट, रमेश कुमार हमाल र कृष्णराज पोखरेलको नाम सर्ट लिस्ट गरेको हो । यसअघि आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको थियो । ५ जनामा डा. गोपाल भट्ट, रमेश हमाल, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेल परेका थिए ।

    सिफारिस समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सर्टलिस्टमा परेका ५ जनामध्ये निरज गिरी र खगेन्द्र कटुवाल सेबोनको अध्यक्ष हुने दौडबाट बाहिरिएका छन्।

    यी ३ जनामध्ये पनि रमेश हमालको सम्भावना बलियो रहेको बताइन्छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको निकटका व्यक्ति हुन् ।

    सर्वोत्तम सिमेन्ट सेयरको भित्री कारोबार प्रकरणमा मुछिएपछि भीष्मराज ढुंगानालाई सरकारले गत असोजमा बर्खास्त गरेपछि सेबोनको अध्यक्ष पद लामो समयदेखि रिक्त छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७८ मंगलवार - १३:०८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij