Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

६० करोडको आईपीओ निष्कासन गर्दै महालक्ष्मी लाइफ, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

६० करोडको आईपीओ निष्कासन गर्दै महालक्ष्मी लाइफ, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल


  • 4.0K
    Shares

    ६० करोडको आईपीओ निष्कासन गर्दै महालक्ष्मी लाइफ, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
    images

    काठमाडौं । महालक्ष्मी  लाइफ इन्स्योरेन्सले आईपीओ (धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन) गर्ने भएको छ ।

    कम्पनीले वार्षिक साधारणसभाबाट स्वीकृत भएको जारी पुजी दुई अर्बको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

    आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आईपीओ निष्कासनका लागि आज बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीभष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

    चालु आर्थिक वर्षभित्रै आईपीओ निष्कासन गर्ने योजनाअनुरूप तयारी अगाडि  बढाइएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भट्टराईले जानकारी दिए । नेपाल धितोपत्र बोर्डमा केही जीवन बिमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि आवेदन दिए पनि बोर्डमा अध्यक्ष नहुँदा त्यसको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

    यदि, अध्यक्ष नियुक्त भएर आएपछि प्रिमियम मूल्यको आईपीओ स्वीकृत भएर अगाडि  बढेमा  महालक्ष्मी लाइफले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने उनले बताए । यदि, त्यसमा अलमल भएमा अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमै निष्कासन गर्ने उनले बताए ।

    प्रकाशित मिति :फाल्गुण २ २०७८ सोमवार - १५:५१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij