२०८२ भाद्र २ गते सोमवार
काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ ।
शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ रहेको छ।
यस्तै, चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij