Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लोकसेवा लिखित परीक्षा सम्बन्धी सूचना हेर्नुहोस्

लोकसेवा लिखित परीक्षा सम्बन्धी सूचना हेर्नुहोस्


  • 10.1K
    Shares

    लोकसेवा  लिखित परीक्षा सम्बन्धी सूचना हेर्नुहोस्

    काठमाडौं । लोकसेवा आयोगले कोरोनाभाइरस (कोभिड–१९) का कारण स्थगित भएको परीक्षा पुनः संचालन गर्ने निर्णय गरेको छ । जसअनुसार आयोगले बुधबार एक सूचना जारी गर्दै शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । 

    आयोगको सूचनाअनुसार शाखा अधिकृतको हुन बाँकी विभिन्न पत्र र विषयको परीक्षा कात्तिक १८ देखि २७ गतेसम्म हुनेछ । यस्तै सुब्बा पदको द्धितीय र तृतीय पत्रको परीक्षा मंसिर ७ देखि १२ गतेसम्म हुनेछ । 
    यसैबीच आयोगले सहसचिव पदको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ भने  स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता कार्यक्रम पनि तय गरेको छ । 

    आयोगले कोभिड –१९ का कारणले गत चैत ११ गतेदेखि यताका सबै लिखित परीक्षा स्थगन गरेको थियो । 

    loksewa 1.jpgloksewa 2.jpg

     

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १३:२७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij