Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

५०० ले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

५०० ले बढ्यो सुनको मूल्य, कति पुग्यो ?


  • 4.3K
    Shares

    • images
    ५०० ले बढ्यो सुनको मूल्य, कति पुग्यो ?
    images

    आज मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेको हो ।

    महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको जनाएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ छ । हिजो सोमबार यसको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ थियो । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ ।

    प्रकाशित मिति :माघ २५ २०७८ मंगलवार - ११:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij