Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

शिक्षा क्षेत्रको सुधार गर्न शिक्षा मन्त्री पौडेलले कार्यान्वयनमा ल्याए ५५ बुँदे योजना

शिक्षा क्षेत्रको सुधार गर्न शिक्षा मन्त्री पौडेलले कार्यान्वयनमा ल्याए ५५ बुँदे योजना


  • 11.3K
    Shares

    शिक्षा क्षेत्रको सुधार गर्न शिक्षा मन्त्री पौडेलले कार्यान्वयनमा ल्याए ५५ बुँदे योजना
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताएका छन् ।

    विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको उनले बताए ।

    प्रेस सेन्टर, बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले १८ हजार शिक्षक दरबन्दी खुलाउने बताए । आन्तरिक बढुवा खुलाउने, नयाँ दरबन्दी खोल्ने र विद्यालय गाभ्ने अभियान थाल्ने उनले बताए ।

    देशभरका विद्यालय र शिक्षकको अनुपात अध्ययन गरी दरबन्दी थप्ने तयारीमा सरकार पुगेको उनले उल्लेख गरे । शिक्षा क्षेत्रको सुधारका लागि तीन नयाँ ऐन मन्त्रालयले तयार गरिसकेको उनको भनाइ थियो ।

    सङ्घीय शिक्षा ऐन, विश्वविद्यालय ऐन र प्राविधिक शिक्षा व्यवस्थापन गर्ने नयाँ ऐन बनिसकेको र संसद्मा लैजाने तयारी भएकाले कानुनी समस्या पनि छिट्टै अन्त्य हुने मन्त्री पौडेलको धारणा छ ।

    ती ऐन पारित हुँदा देशको शैक्षिक स्थितिमा धेरै सुधार हुने उहाँको दाबी थियो । अठार वर्षदेखि रोकिएको आन्तरिक बढुवाको सुरुआत भएकाले शिक्षकमा ऊर्जा आउने उनले बताए ।

    शिक्षा क्षेत्रलाई प्रविधि मैत्रीबनाइएको भन्दै मन्त्री पौडेलले अबका दिनमा शिक्षकले फाइल बोकेर मन्त्रालय धाउने कामको अन्त्य गरेर आवश्यकताको आधारमा काम हुने पद्दति विकास गरिएको दाबी गरे ।

    मन्त्री पौडेलले चार वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले तयारी गरेको उल्लेख गर्दै खोप ल्याउने क्रम सुरु भइसकेको सो अवसरमा जानकारी दिए ।

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - १३:५१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij