Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

६० विद्यालयले पाए ६ करोड अनुदान, कुन जिल्लाका कति विद्यालय?

६० विद्यालयले पाए ६ करोड अनुदान, कुन जिल्लाका कति विद्यालय?


  • 49.3K
    Shares

    • images
    ६० विद्यालयले पाए ६ करोड अनुदान, कुन जिल्लाका कति विद्यालय?

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई १० लाख रुपियाँका दरले अनुदान दिएको छ।

    अनुदानका लागि केन्द्रले प्रस्ताव माग गरेअनुसार १ सय ५० विद्यालयले निवेदन दिएका थिए। तीमध्ये ६० विद्यालय छनाेटमा परेका हुन्।

    केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले सूचना जारी गरी अनुदान पाउने १ देखि ५ सम्म कक्षा सञ्चालन गरिरहेका विद्यालयको नाम सार्वजनिक गरेको हो। अनुदान प्राप्त गर्ने विद्यालयहरूमा रोल्पाका सबैभन्दा बढी ११ विद्यालय छन्।

    केन्द्रले विद्यालयले पाउने रकम वित्तीय अनुदानअन्तर्गत सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिसकेको जनाएको छ। अनुदान प्राप्त गर्ने विद्यालयहरूमा रोल्पापछि सबैभन्दा बढी बैतडीका ९ विद्यालय छन्।

    त्यस्तै डोटीका ७, सर्लाहीका ६, प्युठानका ५, महोत्तरीका ४, सुनसरीका ३, हुम्लाका ३, बझाङ, कैलाली, दार्चुला र रुकुम पश्चिमका २–२, जुम्ला र उदयपुरका १–१ विद्यालय छन्। 

    उक्त रकम आर्थिक वर्ष ०७८/७९ को फागुन मसान्तभित्रै माग गर्न र सम्बन्धित गाउँ र नगरपालिकाले उक्त कार्यक्रमका लागि सम्बन्धित विद्यालयसँग ‘वार्षिक एकमुस्ट अनुदानबाट विद्यालय सञ्चालन गर्ने कार्यविधि २०७६’ बमोजिम करार सम्झौता गरेर निकासा गर्नुपर्ने केन्द्रले जनाएको छ।

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - १२:४८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij