२०८२ माघ ८ गते बिहिवार
डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई भेटेर आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्।
बिहीबार स्वास्थ्य मन्त्री खतिवडालाई भेटेर सरकारले पटक पटक सम्झौता गरेको भए पनि अझै कतिपय कार्यान्वयन गर्न बाँकी रहेको स्मरण गराएका छन्। उनले स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, सुलभ र सबैको समान पहुँचमा हुने व्यवस्था गर्न मन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएका छन्।
डा. केसीले बुझाएको सात बुँदे ज्ञापनपत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन बनाउन माग गरिएको छ। उनले माग पूरा नभएमा थप संघर्षको कार्यक्रम अघि सार्ने घोषणा गरेका छन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij