Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बढ्यो सुनको मूल्य, तोलाको कति ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?


  • 3.5K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, तोलाको कति ?
    images

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार ४०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० कायम भएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३०० कायम भएको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४७ डलर आसपास कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - ११:४३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij