२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाको विज्ञापन खुला गरेको छ । आयोगले तीनै तहको द्धितीय र प्रथम श्रेणीको शिक्षक बढुवाको लागि विज्ञापन गरेको हो ।
आयोगले कार्यसम्पादन मुल्याङकन(७५ प्रतिशत) तर्फ २ हजार ६ सय २२ जनाको र आन्तिरीक प्रतियोगात्मक परीक्षा (२५ प्रतिशत) तर्फ ८ सय ६९ जना गरी ३४ सय ९१ पदमा विज्ञापन गरेको छ ।
त्यसैगरी शिक्षक सेवा आयोगले शिक्षक पदको अनलाइन दरखास्त फाराम माघ १२ गतेदेखि फागुन १२ गतेसम्म सिंगल दस्तुरमा र फागुन १३ देखि १९ गतेसम्म दोब्बर दस्तुरमा दरखास्त फाराम भर्ने म्याद तोकेको छ । परीक्षा चैत्रको २१ गते बिहान ११ बजे देखि लिने सूचनामा जारी गरेको छ ।
शिक्षक बढुवाको आवेदन फाराम पनि म्यानुअल नभई अनलाईनबाटै भर्ने व्यावस्था गरिएको छ । जसमा आन्तरीक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत)को अनलाईनबाटै भर्ने व्यावस्था गरिएको छ, भने कार्यसम्पादन मुल्याङकन(७५ प्रतिशत)को फाराम शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्ने छ ।
आन्तरिक प्रतियोगिताबाट गरीने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij