२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । पछिल्लो केही दिनयता लगातार बढेको सुनचाँदीको मूल्य बिहीबार भने प्रतितोला १३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापवाल सुन बिहीबार ९५ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ९४ हजार ९०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि एक हजार २४० रुपैयाँमा कारोबार हुने चाँदीलाई आज एक हजार २३० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij