Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णयलाई सिडिओले दिए यस्तो चुनौती

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णयलाई सिडिओले दिए यस्तो चुनौती


  • 123.9K
    Shares

    माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णयलाई सिडिओले दिए यस्तो चुनौती
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेपनि म्याग्दीमा तत्काल विद्यालय बन्द नहुने भएको छ।

    कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । मंगलबार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो । 

    मन्त्रालयले वार्षिक बिदामा समायोजन हुने गरी शैक्षिक संस्था बन्द गर्न भने पनि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवालाको सल्लाहबमोजिम जिल्लामा कोभिडको सङ्क्रमण भयावह र डरलाग्दो अवस्थामा नपुगेकाले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले बताए ।

    ‘तत्काल विद्यालयलाई नियमित सञ्चालन गर्ने निर्णय भएको छ,‘कोरोनाको संक्रमति भेटिएका विद्यालयलाई मात्रै बन्द गरिने छ’ प्रजिअ रानाले भने। उनले कोरोनाको लक्षण देखिएका विद्यार्थी र शिक्षकको पहिचान गर्ने तथा स्वास्थ्य मापदण्डको पालना बारेमा नियमित अनुगमन समेत गरिने बताए।

    बैठकमा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले विद्यालय बन्दले मात्रै समस्याको समाधान नहुने भएकाले जनस्वास्थ्यको मापदण्डको पालना गरी नियमित विद्यालय सञ्चालन गर्न सुझाव दिएका थिए।

    स्थानीय तहमा तत्काल विद्यालय बन्द भन्दा पनि चेतनामुलक अभियानलाई प्राथमिकता दिन जनप्रतिनिधि सहित सरोकारवाला निकायले सुझाव दिएपछि सीसीएमसीसीले नियमित विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    जिल्लाव्यापी रूपमा कोरोना सङ्क्रमणबाट बच्च र बचाउन तपाईंको मास्क खोइ? अभियान चलाउने, सञ्चार माध्ययममार्फत प्रचारप्रसार गर्ने, सामाजिक र भौतिक दूरी कायम गर्न लगाउने, २५ जनाभन्दा बढी मानिस जम्मा भएर कुनै पनि सार्वजनिक कार्यक्रम, मेला, महोत्सव तथा भेला नगर्ने र गर्न रोक लगाउने निर्णय गरिएको छ । 

     

    प्रकाशित मिति :पौष २८ २०७८ बुधवार - १४:०६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij