Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि कोरोनाको डरले स्थगित

‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि कोरोनाको डरले स्थगित


  • 4.5K
    Shares

    • images
    ‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि कोरोनाको डरले स्थगित
    images

    मुम्बई(अमरउजाला)। निर्देशक एसएस राजामौलीको मेगा बजेटको फिल्म ‘आरआरआर’को रिलिज मिति सरेको छ । यो फिल्म यही जनवरी ७ मा रिलिजको तयारीमा थियो ।

    निर्माण पक्षले कोरोना संक्रमणसँगै ओमिक्रोनको संक्रमण दर बढ्दै गएका कारण रिलिज मिति पछाडि सारेको हो । हालसम्म नयाँ मितिको घोषणा गरिएको छैन । यसअघि पनि तमिल, तेलुगू, कन्नड र मलयालमसहित हिन्दी भाषामा रिलिज हुने यो फिल्मको कैयौंपटक रिलिज मिति सरिसकेको छ ।

    कोरोनाको तेस्रो लहर सुरु भएपछि भारतको कैयौं सहरका थिएटर बन्द गरिएका छन् भने केही सहरमा कफ्र्यू लगाइएको छ । रणवीर सिंह अभिनित फिल्म ‘८३’ले बक्सअफिसमा सोचेभन्दा कम कलेक्सन गरेपछि फिल्मका निर्माताहरु प्रदर्शनका लागि हच्किएका छन् ।

    ‘आरआरआर’मा राम चरण, जूनियर एनटीआर, अजय देवगन र आलिया भट्टको अभिनय छ । फिल्मले भारत स्वतन्त्रताको पहिलो वर्ष अर्थात् सन् १९५० आसपासको कथा देखाउनेछ ।

     

    प्रकाशित मिति :पौष १८ २०७८ आइतवार - ११:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij