२०८२ भाद्र १० गते मंगलवार
चिसोमा विहानको समयमा स्टाट नहुने समस्या सामान्य जस्तै भैसक्यो हतारमा इन्जिन स्टाट गरेर एक्सीलेटर बटार्रछौ, स्टाट गर्ने वित्तिकै हिड्न हतार गछौं यसो गर्दा इन्जिन आयल सबै ठाउँमा पुगेको हुदैन र इन्जिन छिटो बिग्रन्छ, पाकिङ्गमा राख्दा मोटरसाइकललाई मिड स्ट्डान्ड (डबल स्ट्यान्ड) मा राख्ने यसो गर्दा इन्जिन आयल इन्जिनको तल्लो भागको सेन्टमा जान्छ । त्यस पश्चात मोटरसाइकललाई न्यूट्रल गियरमा राखेर स्टार्ट गर्ने । यसमा हामीले किक वा सेल्फ जुन प्रकियाबाट स्टार्ट गर्दा पनि हुन्छ । यसरी मोटरसाइकल स्टार्ट गरेर २ देखि ५ मिनेटसम्म थ्रोटलमा प्रेसर नदिइ छाड्नु पर्ने हुन्छ । अर्थात एक्सीलेटर बटार्नु दवाउनु हुँदैन ।
कार्वुरेटर इन्जिन भएका मोटरसाइकलमा स्टार्ट गर्न समस्या भयो भने हामीले चोकको प्रयोग गर्नुपर्ने हुन्छ । एफआई इन्जिन भएका मोटरसाइकलमा भने यस्तो समस्या आउने सम्भावना एकदमै कम हुन्छ । यसरी इन्जिन स्टार्ट गरेर बढिमा ५ मिनेट छाडेर हामीले मोटरसाइकल कुदाउनु उपयुक्त हुन्छ । यसो गर्दा इन्जिनको सबै भागमा इन्जिन आयल राम्रो सप्लाई हुन्छ र इन्जिन स्मुथ भएर चल्छ । जसले गर्दा मोटरसाइकलमा भाइब्रेसन कम हुने, माइलेज बढ्ने, थ्रोटल रेस्पोन्स राम्रो हुने, इन्जिनको आयु बढ्ने र समग्रमा मोटरासइकलको पर्फमेन्समा नै वृद्धि हुन जानेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij