२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कुमारी बैंक लिमिटेडको ९ नयाँ शाखाहरुको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।
उपत्यका भित्रका सात शाखाहरुस् बाफल, नयाँपाटि, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको उद्घाटन सम्पन्न भएको छ । यस शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएता पनि मोबाईल प्रविधिबाट विद्युतीय ई–उद्घाटन बैंकको केन्द्रिय कार्यालयबाटै समारोह सम्पन्न भएको छ ।
बैंकका संचालक समितिकाअध्यक्ष अमिर प्रताप ज।ब।राणाले, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा समारोह सम्पन्न गरेका हुन् ।
यसैगरी, बेलबारी शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा गरेका छन् ।
साथै, फिक्कल शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले संयुक्त रुपमा गरेका हुन् ।
यस्तै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिना लगायत सम्बन्धित शाखा प्रबन्धक तथा शाखा पधादिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १९२ शाखा संजाल, १५२ एटिएम्, २२ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा १३ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू आगामी दिनहरूमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij