Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नवलपरासीमा मोटरसाइकल दुर्घटना ; एकको मृत्यु

नवलपरासीमा मोटरसाइकल दुर्घटना ; एकको मृत्यु


  • 6.7K
    Shares

    • images
    नवलपरासीमा मोटरसाइकल दुर्घटना ; एकको मृत्यु
    images

    नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    नगरपालिकाको वडा नम्बर ११ पिठौलीस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु ६ प ४० ३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा सोही ठाउँका ५१ वर्षीय दिलबहादुर बरामको मृत्यु भएको हो ।

    दुर्घटनामा परेका बरामको टाउकोमा गहिरो चोट लागेपछि उपचारका लागि पुरानो मेडिकल कलेज चितवनको भरतपुरमा लगिएको थियो । तर, अस्पताल पुर्‍याएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहन बहादुर खाँडले जानकारी दिएका छन् ‌।

    ​मोटरसाइकल पछाडि सवार रहेकी सीमा महतोको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - १०:२३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij