२०८२ भाद्र १० गते मंगलवार
मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा अर्थात् गत सोमबारको तुलनामा आज मंगलबार छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार रुपैयाँ कायम भएको हो ।
गत सोमबार सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत गत सोमबारको तुलनामा तोलामा दुई सय रुपैयाँले नै घट्दै आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तर, यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । महासंघका अनुसार गत सोमबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै एक हजार २५० रुपैयाँमा झरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij