Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

लमजुङमा जीप दुर्घटना: एकको निधन, ४ जनाको अवस्था गम्भिर

लमजुङमा जीप दुर्घटना: एकको निधन, ४ जनाको अवस्था गम्भिर


  • 9.4K
    Shares

    लमजुङमा जीप दुर्घटना: एकको निधन, ४ जनाको अवस्था गम्भिर

    लमजुङको दोर्दी गाउँपालिका ४, जितौरे नजिकै कपासे भन्ने स्थानमा मंगलबार साँझ जिप दुर्घटना हुँदा १ जनाको निधन भएको छ । ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

    सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नम्बरको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार जीप दुर्घटनामा घाइते गुरुङको स्थानीय मेडिकलमा उपचारका क्रममा निधन भएको हो ।

    त्यस्तै ११ जना घाइतेमध्ये चार गम्भीर र सात जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा सोही गाउँपालिका वडा नं ५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नं ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङ रहेका छन् ।

    त्यस्तै जीपका चालक दोर्दी–५ पाचोकका ३७ वर्षीय मखनसिंह गुरुङ, सोही वडाका ३५ वर्षीय दुखित गुरुङ, पाँच वर्षीय दीपशन गुरुङ, पाँच वर्षीया आशिका गुरुङ, ४२ वर्षीया मसिना गुरुङ, १६ वर्षीय निराञ्जन गुरुङ र आठ वर्षीया निर्जला गुरुङ रहेका छन् ।

    घाइते ११ जनाको पनि उक्त सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हातखुट्टा, ढाड, टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

    रातिको समयमा साँघुरो र अप्ठ्यारो सडकमा कुनाबाट जानुपर्ने जिप सडक छेउबाट जाँदा दुर्घटना हुन पुगेको प्रहरी निरीक्षक पुनको भनाइ छ । 

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - ०८:२१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij