Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

लाइसेन्सको आवेदन भर्दा किन आइरहेको छ समस्या ? फारम भर्ने तरिकासहित

लाइसेन्सको आवेदन भर्दा किन आइरहेको छ समस्या ? फारम भर्ने तरिकासहित


  • 10.7K
    Shares

    लाइसेन्सको आवेदन भर्दा किन आइरहेको छ समस्या ? फारम भर्ने तरिकासहित
    images

    बन्द भएको ९ महिनापछि गत मंगलबार सवारी चालक अनुमती पत्रको अनलाइन आवेदन खुल्यो। आवेदन खुले पनि फारम भर्न नसकिएको सेवाग्राहीहरूको गुनासो छ।दैनिक निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा सेवाग्राहीले आवेदन फारम भर्न नमिल्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा‍ लोकनाथ भुषालले जानकारी दिए।

    ‘हामीले १९ वटा कार्यालयबाट दैनिक ५ हजार आवेदन लिन्छौं। कोटा सकिएपछि फारम भर्न मिल्दैन,’ उनले भने।

    विभागले अवेदन फारम आइतबारदेखि बुधबारसम्म विहान ६ बजेदेखि राती १० बजेसम्म भर्न मिल्ने व्यवस्था मिलाएको छ। अहिले सेवाग्राहीलाई समस्या परे पनि केही समयमा समस्या सुल्झिने उनले बताए।

    ‘९ महिनादेखि रोकिएकाले धेरै चाप छ। यो चाप विस्तारै घट्दै गएपछि अबको एक महिनामा सजिलै भर्न सकिन्छ,’ उनले भने।

    कसरी भर्ने फारम?

    अनलाई फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने। यहाँ

    पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

    नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।

    त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने।

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १०:५८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij