Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

काठमाडौं उपत्यकामा थपिए १४६ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १४६ संक्रमित


  • 6.9K
    Shares

    • images
    काठमाडौं उपत्यकामा थपिए १४६ संक्रमित
    images

    काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ संक्रमित छन्। नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    ९ हजार १६८ जनाको पिसिआर परीक्षण र ३००६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ६ हजार २३९ जना सक्रिय संक्रमित छन्। ३६६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।

    यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  

    प्रकाशित मिति :मंसिर २२ २०७८ बुधवार - १६:४८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij