Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कालो छाला प्रति किन घृणित छन् मान्छेहरु, यस्तो छ कालो छाला हुनुको फाइदा

कालो छाला प्रति किन घृणित छन् मान्छेहरु, यस्तो छ कालो छाला हुनुको फाइदा


  • 6.0K
    Shares

    • images
    कालो छाला प्रति किन घृणित छन् मान्छेहरु, यस्तो छ कालो छाला हुनुको फाइदा
    images

    काठमाडौँ । कतिपय मानिस कालो छालालाई सुन्दर मान्दैनन् । सामान्यता गोरो छाला भएका मानिस राम्रो भन्ने कतिपयको सोच हुन्छ । बजारमा समेत गोरो बनाउने हजारौँ उत्पादन पाइन्छ । तर धेरैलाई थाहा नहुन सक्छ, कालो छालाले स्वास्थ्यलाई धेरै लाभ पुर्‍याउँछ । कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

    यस्तो छ कालो छाला हुनुको फाइदा :

    – छालाको क्यान्सर हुनबाट जोगाउँछ

    छालामा पाइने डार्क पिग्मेन्टेशनका कारण गोरो छालाको तुलनामा कालो छाला भएकाहरुमा क्यान्सर हुने सम्भावना कम हुन्छ ।

    – हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ

    कालो छालामा मेलानिनको मात्रा अत्यधिक हुन्छ । यसले घामको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ ।

    – स्नायू प्रणालीको सुरक्षा

    कालो छालामा पाइने मेलानिनले सेन्ट्रल नर्भस सिस्टमलाई हानी पुर्याउने खतरनाक प्यारासाइटबाट बचाउँछ ।

    – संक्रमण हुनबाट जोगाउँछ

    मेलानिनले संक्रमण फैलाउने ब्याक्टेरियाबाट पनि बचाउँछ । साथै गोरो छालाको तुलनामा कालो छालामा कम संक्रमण हुन्छ ।

    – जवान देखिन्छ

    कालो छालामा पाइने मेलानिनले छालालाई लामो समयसम्म चाउरी पर्नबाट जोगाउँछ । जसका कारण कालो छाला हुनेहरु लामो समयसम्म जवान देखिने गर्दछन् ।

    – रोग प्रतिरोधी क्षमता

    मेलानिनका कारण शरीरको रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने गर्दछ । यस्तो छाला हुनेहरूमा रुघा–खोकीजस्ता रोगको जोखिम समेत कम हुन्छ ।

    गर्भावस्थामा फाइदाजनक

    मेलानिन महिलामा स्वस्थ अण्डाको उत्पादनमा मद्दत गर्दछ । गर्भावस्थासँग जोडिएका विभिन्न समस्याबाट पनि यसले बचाउँछ ।

    प्रकाशित मिति :मंसिर १६ २०७८ बिहिवार - ११:०६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij