Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको कसरी थाहा पाउने ? के-के हुन् लक्षणहरु ?

ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको कसरी थाहा पाउने ? के-के हुन् लक्षणहरु ?


  • 6.0K
    Shares

    • images
    ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको कसरी थाहा पाउने ? के-के हुन् लक्षणहरु ?
    images

    पछिल्ला दिन विश्वमा नयाँ त्रास उत्पन्न गरेको छ कोरोना भाइरसको नयाँ भेरियन्ट– ओमिक्रोनले । यो भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । त्यसपछि हङकङ, बोत्स्वानाहुँदै विश्वका बिभिन्न देशमा यो देखिएको छ । 

    ओमिक्रोन देखिएका देशबाट हुने उडानमाथि प्रतिबन्ध लगाउन थालिएको छ जसले झन् त्रास उत्पन्न गरेको छ । ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला पत्ता लगाउने दक्षिण अफ्रिकाका चिकित्सक एन्जेलिक कोएट्जीका अनुसार यसको संक्रमण हुनेहरुमा सामन्य लक्षण पाइएको छ ।

    ‘शल्यक्रियाको लागि मेरो सामु एक ३३ वर्षका बिरामी आएका थिए । उनले मलाई बितेको दुई दिनदेखि थकान महसुश गरेको बताए । र उनले हल्का टाउको दुखेको समेत बताए । शल्यक्रिया गर्नुअघि उनको स्वास्थ्य परिक्षण गरियो र उनी कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित थिए,’ उनले भने । 

    त्यसपछि ति बिरामीको परिवारको सबै सदस्यको स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षण गर्दा सबैको नतिजा पोजेटिभ आयो । सबैमा सामान्य लक्षण मात्र थियो । उनीहरुमा रुघाखोकी, कफ, स्वाद थाहा नपाउने कुनै समस्या थिएन । सबैकुरा सामान्य थियो । 

    ‘हालसम्म जति पनि विरामी हामीकहाँ आएका छन् सबैमा सामान्य समस्या मात्र देखिएको छ । तर ती सबै नयाँ भेरियन्टका संक्रमित थिए । यी संक्रमित डेल्टा भेरियन्टका संक्रमितभन्दा फरक थिए ,’ डाक्टर एन्जेलिकले भने । 

    दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अहिले विश्वभर चिन्ताको विषय बनेको छ । प्रारम्भिक अनुसन्धानले यसको संक्रमण क्षमता धेरै बढी रहेको छ । त्यतिमात्र होइन ‘रि–इन्फेक्सन’को खतरा पनि बढी रहेको छ । 

    नोभेम्बरको सुरुमा यो भेरियन्ट दक्षिण अफ्रिकामा देखिएको थियो । गत बुधबार विश्व स्वास्थ्य संगठनले यसका बारेमा आधिकारिक जानकारी दिएको थियो । (बिबीसीबाट)

    प्रकाशित मिति :मंसिर १३ २०७८ सोमवार - १४:२४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij