Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सर्वोच्चमा गोलाप्रथा लागू गर्न बाटो खुल्यो, प्रधानन्यायाधीश राणाले तोके १० इजलास

सर्वोच्चमा गोलाप्रथा लागू गर्न बाटो खुल्यो, प्रधानन्यायाधीश राणाले तोके १० इजलास


  • 6.1K
    Shares

    सर्वोच्चमा गोलाप्रथा लागू गर्न बाटो खुल्यो, प्रधानन्यायाधीश राणाले तोके १० इजलास

    काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजका लागि १० वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश राणाले आजका लागि ९ संयुक्तसहित एक एकल इजलास तोकेका छन्। आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोकिएको छ। राणाले आफूलाई भने पेसी तोकेका छैनन्।

    प्रधानन्यायाधीश राणाले प्रकाशकुमार ढुंगानाका लागि एकल इजलास तोक्दा न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा.आन्नदमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र डा.कुमार चुडाल, प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठ, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र हरिप्रसाद फुँयालका लागि संयुक्त इजलास तोकेका छन्। 

    आजबाट गोलाप्रथाबाट इजलास तोकिने भनिएको भएपनि प्रधानन्यायाधीशले इजलास तोकेका छन्। गोलाप्रथा लागू गर्न संशोधन गरिएको सर्वोच्च अदालत नियमावली सोमबार राजपत्रमा प्रकाशित भएसँगै अदालतमा गोलाप्रथाद्वारा पेसी तोक्न बाटो खुलेको छ।

    सर्वोच्च अदालतको फुलकोर्टले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित भएको हो। राजपत्रमा प्रकाशित भएसँगै अब फुलकोर्ट बसेर गोलाप्रथा लागू गर्ने मिति तोकिने छ।

    सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गर्दै आएका न्यायाधीशहरुले तत्काल उनको पेसी तोक्ने अधिकार कटौती हुनुपर्ने माग राखेका थिए।

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - ११:१६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij