Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

आज एमाले स्थायी कमिटी बैठक, महाधिवेशनबारे यी निर्णय हुँदै

आज एमाले स्थायी कमिटी बैठक, महाधिवेशनबारे यी निर्णय हुँदै


  • 4.5K
    Shares

    आज एमाले स्थायी कमिटी बैठक, महाधिवेशनबारे यी निर्णय हुँदै
    images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ ।

    ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बिहान ११ बजे सुरू हुनेछ । यसअघि सोमबार दिउँसो ३ बजे बैठक बस्ने गरी तय भएको बैठक स्थगित भएको थियो ।

    बैठकमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटकाबारेमा छलफल हुनेछ ।

    आजको स्थायी कमिटी बैठकले महाधिवेशनका लागि पाँच प्रतिशत मनोनीत प्रतिनिधि छनोटको टुङ्गो लगाउने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

    यसअघि महाधिवेशनका लागि गत कात्तिक २७ गते एक हजार एक सय ९९ प्रतिनिधि चयन भइसकेका छन् ।

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - १०:३६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij