Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रियताको नाउँमा राष्ट्रिय गान बाँकी छ

राष्ट्रियताको नाउँमा राष्ट्रिय गान बाँकी छ


  • 18.9K
    Shares

    राष्ट्रियताको नाउँमा राष्ट्रिय गान बाँकी छ

    राष्ट्रियताको नाउँमा

    अब त ए हजुर

    राष्ट्रिय गान मात्र

    केवल बाँकी छ !

     

    जति बलात्कार भए पनि

    सहन सक्ने नेपाल आमाको

    मात्र केवल छाती छ !

     

    नेपाल आमाको छाती

    चुसेर बलात्कार गर्नेहरु

    जहिले पनि किन होला

    एक कदम माथि छन् !

     

    दुबै नेत्रहरु गुमाएर पनि

    किन होला आजभोलि

    चर्म चक्षुले मात्र देख्ने

    नेपाल आमाको बानी छन् !

     

    जोसमा होस

    गुमाउनेहरु त

    केवल हिजोआज

    बुद्धिजीवी मै मात्र हु

    भन्ने सम्म नै भएका छन् !

     

    हिजोसम्म खाली खुट्टा

    हिड्नेहरु त आजभोलि

    पजेरो गाडीहरू मात्रै

    चढ्ने पो भएका छन् !

     

    दृष्टि गुमाएर हिड्नेहरु त

    किन होला हिजोआज

    जेट गाडीको पाइलट

    मै हु भन्ने सम्म भएका छन् !

     

    कालोलाई गोरो भन्नेहरु

    मात्र किन होला

    आजभोलि

    मै मात्र हु

    सत्य बोल्ने युधिष्ठिर

    भन्न थालेका छन् !

     

    गाई नहुनेहरुले

    अर्काको गाई पालेका छ्न

    किन होला अर्काको गाईलाई

    घाँस हालेका छन् !

     

    आफ्नो ठेकी नहुनेहरुले

    मही पार्न थालेका छ्न

    मही मात्र पार्ने

    घिउ ननिकाल्ने वाचा गरेका छन् !

     

    प्रकाशित मिति :पौष १६ २०७७ बिहिवार - १०:२१:११ बजे
    प्रतिक्रिया

    राज कुमार कार्की

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij