Logo

२०७८ मंसिर १२ गते आइतवार

images

छोरीको विवाह मात्र १ रुपैयाँमा सम्पन्न !

छोरीको विवाह मात्र १ रुपैयाँमा सम्पन्न !

खबर सेन्टर

६ मंसिर २०७८
  • 568
    SHARES
  • images
    images
    छोरीको विवाह मात्र १ रुपैयाँमा सम्पन्न !
    images
    images
    images

    हाम्रो समाज दाइजो प्रथाबाट पीडित छ । दाइजोकै कारण हाम्री छोरीबहीनीहरुले प्रताडित हुनुपरेका घटना सुन्दा मन कुँडिएर आउँछ । दाइजोकै कारण जिउँदै जल्नुपरेका जस्ता नमिठा घटनाहरु समाजमा व्याप्त छन् ।

    images
    images
    images

    भारतको हरियाणा राज्यको सोनिपत जिल्लामा पर्ने हसनगढ गाउँमा केही पहिले रमाइलो वातावरणमा एक विवाह सम्पन्न भयो । बेहुलाले दाइजोको रुपमा कुनै कार अथवा पैसा मागेनन् मात्र एक रुपैयाँ मागे, त्यो पनि सगुनको रुपमा ।

    त्यसपछि बेहुलीको बिदाइ डोली अथवा कारमा नभएर हेलिकप्टरमा भयो ।बेहुलीको नाम सन्तोष हो र उनका बुवा सतबीर एक मजदुर हुन् । गएको फेब्रुअरी १० मा सन्तोषको बिहे हाँसीको रामपुर गाउँका सञ्जयसँग भएको थियो । सञ्जयको परिवारले बिहेमा कुनै दाइजो नलिने भनेर पहिले नै शर्त राखेका थिए ।

    विवाहपछि उनले आफ्नी दुलहीलाई हेलिकप्टरमा चढाएर बिदा भए ।यस्तै अर्को विवाह पनि यसैगरी सम्पन्न भयो, हरियाणको आहुलाना गाउँमा ।यहाँ एउटै परिवारका दुई छोरीको विवाह भयो । दैनिक भास्करले बताए अनुसार पेसाले सुरक्षा गार्ड रहेका आहुलानाका पवन शर्माले आफ्नी दुई छोरी निशा र काजलको बिहे गरिदिए ।

    images
    प्रकाशित मिति :मंसिर ६ २०७८ सोमवार - १४:३३:२६ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार