२०८२ माघ ७ गते बुधवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले परीक्षा बोर्ड चुस्त दुरुस्त हुनपर्ने बताएका छन् । उनले कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भएको गुनासो आएको बताउँदै प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न समेत कर्मचारीलाई निर्देशन दिए ।
शुक्रबार अनुगमनका गर्न सानोठिमी पुगेका मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएकोप्रति संवेदनशील बन्न पनि कर्मचारीलाई आग्रह गरे ।
परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो छ’ उनले भने, ‘यदी त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी संवेदनशील हुनुस् ।’परीक्षा बोर्डमा भएका समस्याहरुको टिपोट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन पनि मन्त्रीले कर्मचारीलाई निर्देशन दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij