Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?


  • 5.3K
    Shares

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ९०० तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९४ हजार थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

     

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १३:०२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij