Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

अकबरे खुर्सानी नियमित खानुस्, यस्तो हुन्छ फाइदा

अकबरे खुर्सानी नियमित खानुस्, यस्तो हुन्छ फाइदा


  • 20.3K
    Shares

    • images
    अकबरे खुर्सानी नियमित खानुस्, यस्तो हुन्छ फाइदा
    images

    खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं ।

    त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

    सामान्यतया नेपालीको दैनिक भान्छामा खुर्सानीको प्रयोग गरिन्छ । खुर्सानीका कति गुण छन् भने कति अवगुण । तर खुर्सानी भित्र पनि विभिन्न जात हुन्छन् ।

    ती मध्ये यहाँ हामीले अकबरे अर्थात डल्ले खुर्सानीको बारेमा चर्चा गरेका छौं । हुन त अकबरे खुर्सानी अन्य खुर्सानीको तुलनामा निकै पिरो हुन्छ । तर, यो खुर्सानी जति पिरो हुन्छ उत्तिनै स्वास्थ्यका लागि फाइदाजनक पनि ।

    यस्ता छन् अकबरे खुर्सानी खानुका फाइदा 

    – अकबरे खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नी लगायतका दुखाइ पनि कम गर्छ ।

    – अकबरे खुर्सानीको नियमित सेवन गर्ने हो भने पेटमा हुने ग्यास्टिक तथा अल्सर जस्ता रोगहरु निको हुन्छ ।

    – अकबरे खुर्सानी नियमित सेवन गर्दा यसले मोटोपना घटाउन मद्धत गर्छ ।

    – अकबरे खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धिमात्र होइन अन्य रोगीलाई समेत फाईदा पुर्‍याउँछ ।

    – अकबरे खुसार्नी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । यसको सेवनबाट पिसावको बिरामीलाई समेत फाइदा पुग्छ । एजेन्सी

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - २०:४६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij