Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

चिकित्सा शिक्षा : ११ सदस्यीय शुल्क निर्धारण समिति गठन, ७ गतेभित्र सुझाव दिन सूचना जारी

चिकित्सा शिक्षा : ११ सदस्यीय शुल्क निर्धारण समिति गठन, ७ गतेभित्र सुझाव दिन सूचना जारी


  • 5.4K
    Shares

    • images
    चिकित्सा शिक्षा : ११ सदस्यीय शुल्क निर्धारण समिति गठन, ७ गतेभित्र सुझाव दिन सूचना जारी
    images

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फका कार्यक्रमहरुको समयसापेक्ष शुल्क समायोजन गर्न ११ सदस्यीय शुल्क निर्धारण सिफारिस कार्यदल गठन गरेको छ। आयोगले प्राडा रमेश आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको हो।

    उक्त कार्यदलले सात दिन भित्र आयोगमा शुल्क सिफारिस गर्ने कार्यतालिका रहेको छ। कार्यदलले शुल्क निर्धारणका लागि सुझाव माग गरेको छ। कार्यदलले ७ गतेभित्र सुझाव दिन सार्वजनिक सूचना जारी गरेको छ।

    कार्यदलमा आयोगका निर्देशक डा दिलिप शर्मा, शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्साल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी, अर्थ मन्त्रालयका सहसचिव, विश्व विद्यालय अनुदान आयोगका प्रतिनिधि सदस्य रहेका छन् ।

    यस्तै, निजी मेडिकल कलेजका तर्फबाट नेपालगञ्ज मेडिकल कलेजका डा सुरेश कनोडिया, कलेज अफ मेडिकल साइन्सेज भरतपुरका भी नटराज प्रसाद, चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाई, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डीन प्राध्यापक तक्मा केसी र आयोगका सदस्य सचिव भोजराज काफ्ले सदस्य रहेका छन्।

    mec notice 17 nov.jpeg

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - ११:५८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij