२०८२ माघ १० गते शनिवार
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीले आफ्ना लागि पेसी नतोक्न प्रधानन्यायाधीश जबरालाई आग्रह गर्दै आएका छन्। उनले शुक्रबार र आइतबार आफ्ना लागि पेसी तोकेका थिएनन्। आज भने आफ्ना लागि पनि मुद्दाको पेसी तोकेका हुन्।
सर्वोच्च अदालतले जारी गरेको दैनिक पेसी सूची अनुसार प्रधानन्यायाधीश जबरासहित १६ न्यायाधीशका लागि ९ वटा इजलास गठन गरिएका छन्। जसमा सबै प्रकारका गरी २९८ मुद्दाको पेसी तोकिएको छ।
उनले आफ्ना लागि एकल इजलास गठन गरेका छन्। जसमा पाँच मुद्दाको पेसी तोकिएको छ।
त्यस्तै, न्यायाधीश मनोज शर्माको पनि एकल इजलास गठन गरेका छन्। अन्य न्यायाधीशको भने संयुक्त इजलास गठन गरेका हुन्।
प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायी विरोधमा छन्। नेपाल बार एसोसिएशनको अगुवाइमा कानून व्यवसायीले सर्वोच्च अदालतको गेटमा धर्ना दिँदै आएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij