Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

पल शाह बने एनएमबी बैंकको ब्राण्ड एम्बेस्डर

पल शाह बने एनएमबी बैंकको ब्राण्ड एम्बेस्डर


  • 7.5K
    Shares

    पल शाह बने एनएमबी बैंकको ब्राण्ड एम्बेस्डर
    images

    काठमाडौँ। एनएमबी बैंकले अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। बैंकले पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो।

    एनएमबी बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेका उदयीमान अभिनेतामध्ये एक हुन्। बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ।

    शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ। एनएमबी बैंकको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता कलाकार शाहले व्यक्त गरेका छन्।

    यसैबीच बैंकले एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने भिडियो केवाईसी योजना ल्याएको छ।

    बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो। यो सेवामार्फत अब ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न र आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्ने बैंकले जनाएको छ।

    एनएमबीले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्ने बैंकले बताएको छ। बैंकले देशभरिका १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - ११:१८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij