Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

जनगणनामा खस भाषा जगेर्ना गर्ने गरी विवरण दिन सुझाव

जनगणनामा खस भाषा जगेर्ना गर्ने गरी विवरण दिन सुझाव


  • 4.9K
    Shares

    • images
    जनगणनामा खस भाषा जगेर्ना गर्ने गरी विवरण दिन सुझाव
    images

    जुम्ला । जनगणनाका क्रममा खस भाषाको जगेर्ना गर्ने गरी उत्तर दिन विज्ञले कर्णालीका सर्वसाधारणलाई आग्रह गरेका छन् ।

    जुम्ला बहुमुखी क्याम्पसका उपप्रमुख प्रकाशचन्द्र खत्रीले यस पटकको जनगणननमा मातृभाषा खस राख्न कर्णालीवासी र सम्पूर्ण खसभाषा बोल्नेहरूलाई अनुराध गरेका हुन् । उनले जनगणना २०६८ मा खसभाषा बोल्ने कर्णालीमा जम्मा ३४ जना भएकोले यस पटक खस भाषा जगेर्ना गर्नेगरी जवाफ दिन आग्रह गरिएका हो ।

    भाषाका जानकार रमानन्द आचार्यले खस भाषा बचाउन जनगणामा नै समेटनु पर्ने बताए। तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले पनि विवरण दिँदा खस भाषामा जोड दिन उत्तरदातालाई अनुरोध गरेका छन् ।

    पातारासी गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले यो समयमा खस भाषाको जगेर्ना गर्न उपयुक्त अवसर भएको बताए । उनका अनुसार जनगणना २०७८ अनुसार प्रश्न १७ पछि मातृभाषा र दोस्रो भाषा भन्नेछ । त्यहाँ मातृभाषा खस लेख्न सकिन्छ भने दोस्रो भाषा नेपाली लेख्न सकिने जनगणना कार्यालयले जनाएको छ । त्यहाँ पुर्खाको भाषा पनि खस भाषा हुन सक्ने विज्ञहरू बताउँछन् ।

    बिहीबारबाट जिल्ला जनगणना कार्यालय जुम्लाले गणकहरू घरघर पठाएको कार्यालय प्रमुख शंकरदत्त भट्टले बताए । उनका अनुसार जुम्लामा पहिलो गणना जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाइँको गरिएको छ ।

    प्रजिअ प्रसाइँको गणना गर्ने गणक बिष्णुदेवी भण्डारीसहित जिल्लाभर एक सय ६४ जना गणक खटाइएको छ भने ४१ जना सुपरभाइजर खटाइएको छ । जनगणना २०६८ अनुसार जुम्लामा एक लाख आठ हजार जनसंख्या थियो । यस पटक केही बढ्ने अनुमान छ ।

    उत्तरदाताका लागि जम्मा ३७ प्रश्न र सामुदायिक २१ गरी ५८ प्रश्नावली छन् । ५८ वटा प्रश्नावलीमा २१ वटा वडा कार्यालयमा भरिनेछन् ।

     
     
     
     

    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - १६:३८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij