Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

२० किलो तौल बढाउन अनमोल केसी बने मांशाहारी

२० किलो तौल बढाउन अनमोल केसी बने मांशाहारी


  • 5.9K
    Shares

    २० किलो तौल बढाउन अनमोल केसी बने मांशाहारी
    images

    काठमाडौं । शाकाहारी अनमोल केसीले आगामी प्रोजेक्ट ‘एक्स-नाइन’को लागि मांशाहारी बनेका छन् । ‘गाजलु’ फिल्म गरेपछि शाकाहारी बनेका अनमोल एक्स-९ लागि मांशाहारी बनेका छन् ।

    यो फिल्मका लागि उनले आफ्नो तौल २० किलो बढाउनुपर्नेछ । तौल बढाउनको लागि उनले मासु खान थालेका हुन् । चरित्र अनुसार शरिरलाई सुगठित तुल्याउन उनले जिम पनि ज्वाइन गरेका छन् । जिम थालेसँगै प्रोटिनसहितका आहार खानुपर्ने भएपनि उनले मासु खान थालेका हुन् ।

    उनले भने, ‘अहिले मैले चिकेन खाइरहेको छु । हुन त शाकाहारी भोजनबाट पनि तौल बढाउन नसकिने होइन । तर, मसँग निर्माण टीमले दिएको ४ महिनामात्र भएकाले मासु खाने निर्णय गरेको हुँ ।’

    उनी भन्छन, ‘कर्म नै सबैभन्दा ठूलो धर्म रहेछ । कामकै कारण ६ वर्ष अगाडि छाडेको मासु मैले खाइरहेको छु ।’ तर, उनले फिल्मको छायांकन सकिएलगत्तै मासु खान सुरु गर्ने भएका छन् ।

    प्रकाशित मिति :कार्तिक २३ २०७८ मंगलवार - १६:०८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij