Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालय बैठक

प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालय बैठक


  • 10.0K
    Shares

    प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालय बैठक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् ।

    लामो रस्साकस्सी पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार (भोलि) अपराह्न बस्ने भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक राख्न सकारात्मक भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समेतको सहमतिमा शुक्रबार अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

    पछिल्लो समय पार्टीभित्र विवाद चर्किएपछि कार्यकारी अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए। ओलीले बैठक बोलाउन नमानेपछि दाहाल आफैंले सचिवालयको अनौपचारिक बैठक आह्वान गरेका थिए ।

    सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक बालुवाटारमा दुई पटक बसेको थियो। बुधबार पाँच नेता सहभागी अनौपचारिक बैठकले अध्यक्ष ओलीलाई बैठक बोलाउन पुनः आग्रह गर्ने निर्णय गरेको थियो।

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - ११:४४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij