२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सेन्ट्रल फाइनान्सले १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ७% बोनस सेयर र ३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसर्थ, कम्पनीले ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ बराबरको रकम बोनस सेयर बाँड्नेछ । कम्पनीले गत आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू ८२ करोड ३३ लाख ९७ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले गरेको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij