२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ ।
पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत अन्य विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ।
अध्यक्ष डा प्रकाशचन्द्र लोहनीका अध्यक्षतामा आज बसेको पार्टी केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले ‘राष्ट्रिय एकता दिवस’का अवसरमा कोरोना महामारीलाई दृष्टिगत गर्दै सामाजिक दूरी र स्वास्थ मापदण्डको नियम पालना गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे प्रकाश पार्न देशभर औपचारिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र कमल थापासमेतको उपस्थिति रहेको बैठकले केन्द्रीय नेता एवं प्रतिनिधिको उपस्थितिमा पार्टीको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण कार्यक्रम पुस महिनाभित्र ७७ जिल्लामा सम्पन्न गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डे जानकारी दिनुभयो । पार्टीले यही पुस १७ गते काठमाडौँमा भेला पनि डाकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij