Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

कहिले देखि सिनेमा हल खुल्दै?

कहिले देखि सिनेमा हल खुल्दै?


  • 8.1K
    Shares

    कहिले देखि सिनेमा हल खुल्दै?
    images

    काठमाडौं । कोरोना संक्रमणका कारण बन्द भएका सिनेमा हलहरु असोज २१ गते ९घटस्थापना०का दिनदेखि खुल्ने भएका छन्। नेपाल चलचित्र संघले देशभरका हलहरुलाई एकपत्रमार्फत हल खोल्न र फिल्म प्रदर्शन गर्न आह्वान गरेको हो।

    उपत्यकाका फिल्म निर्माता र वितरकहरु सहित संयोजक अशोक शर्माको संयोजकत्वमा आइतवार बसेको बैठकले ६ बुँदे निर्णय समेत सार्वजनिक गरेको छ।

    समितिले नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्को फिल्म रिलिज गर्ने पाइने नियम बनाएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए। यस्तै, नेपाली फिल्म रिलिजको मिति तोकिएको समयमा हलिउड तथा बलिउड फिल्महरु रिलिज गर्न नपाइने शर्माले जानकारी दिए।

    "असोज २१ गते सिनेमाघरमा हलिउड फिल्म "फास्ट एण्ड फ्युरियस ९" रिलिज हुनेछ। नेपाली फिल्म भने २६ गते मात्रै रिलिज हुनेछ। तर कुन नेपाली फिल्म रिलिज हुन्छ भन्ने निर्णय हुन सकेको छैन' उनले बताए।

    स्वदेशी तथा विदेशी फिल्मको शेयर बाँडफाँटको हकमा पहिलो हप्ता निर्माता वा वितरकलाई ५५ प्रतिशत शेयर वितरण गरिने र दोश्रो हप्ताबाट ५० प्रतिशत शेयर वितरण गरिने जनाइएको छ।

    अघिल्लो तीन महिनासम्म प्रदर्शन गरिने फिल्महरुको रिलिज मिति आगामी  असोज २० भित्र सार्वजनिक गर्न चलचित्र संघले आग्रह गरेको छ। यी नियमहरु भने असोज २१ गतेदेखि ३ महिनासम्म लागु हुनेछन्।

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - १२:५२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij