२०८२ माघ ७ गते बुधवार
काठमाडौं । कुमारी बैंक र बनेपा हेल्थ केयरबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
बैंक बनेपाकी शाखा प्रबन्धक नवीना वैद्य र बनेपा हेल्थ केयरका कार्यकारी निर्देशक जितेन्द्र कुमार थापाले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार हेल्थ केयर हस्पिटलमा औषधिहरुमा १० प्रतिशतसम्म, ल्याब टेष्टहरु, एक्स रे, फिजियोथेरापी लगायत विभिन्न दन्त उपचार सेवा शुल्कमा ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij