Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेकपा केन्द्रीय कमिटी बैठक जारी : गौतम र थापा दुवै बैठकमा अनुपस्थित

नेकपा केन्द्रीय कमिटी बैठक जारी : गौतम र थापा दुवै बैठकमा अनुपस्थित


  • 10.8K
    Shares

    नेकपा केन्द्रीय कमिटी बैठक जारी : गौतम र थापा दुवै बैठकमा अनुपस्थित

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा  चलिरहेको छ । 

    बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बोलिसक्नुभएको र अध्यक्ष दाहालले बोल्दै हुनुहुन्छ । आजको दुवै बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा उपस्थित हुनुभएको छैन । प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुई समूहले आज छुट्टाछुट्टै केन्द्रीय कमिटी आह्वान गरेका छन् ।

    यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो । रासस

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - १६:४८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij