Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

कोभिडको कारणले बन्द मनकामनाको केबलकार भदौ २० गतेदेखि सञ्चालनमा आउने

कोभिडको कारणले बन्द मनकामनाको केबलकार भदौ २० गतेदेखि सञ्चालनमा आउने


  • 4.9K
    Shares

    कोभिडको कारणले बन्द मनकामनाको केबलकार भदौ २० गतेदेखि सञ्चालनमा आउने
    images

    काठमाडौँ / कोभिड–१९ को कारणले लामो समयदेखि बन्द भएको केबलकार भदौ २० गते आइतबारदेखि सञ्चालनमा आउने भएको छ । 

    कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरे यता बन्द रहेको केवलकार तथा रेष्टुरेन्ट चार महिनापछि सञ्चालनमा आउन लागेको हो । 

    सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी जिल्ला प्रशासन कार्यालय गोर्खाको निर्णय अनुसार मन्दिर खुल्ने भएपछि केवलकार सेवा खुला गरिएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । 

    सञ्चालक श्रेष्ठले यात्रु स्वचालित स्यानिटाइजर र हरेक १५ मिनेटमा स्वास्थ्य सुरक्षा मापदण्डका उपाय अपनाउन अटोमेटिक अनाउन्समेन्ट र टिभिमा पनि स्लाइड देखाइनेलगायतका व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार यात्रुलाई माक्स अनिवार्य गरिएको छ भने परिवारबाहेकका सदस्यहरूका लागि एउटाकारमा ४ जना मात्रै राखिनेछ । 

    सञ्चालक श्रेष्ठले सम्पूर्ण यात्रुहरूलाइ स्वास्थ सुरक्षाका नियमहरू अनिवार्य पालना गर्नसमेत आग्रह गरेका छन् । 

    प्रकाशित मिति :भाद्र १८ २०७८ शुक्रवार - १४:२८:१६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij