Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ

सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ


  • 3.6K
    Shares

    • images
    सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ
    images

    जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि पैसा तिरेको तीन वर्ष हुन थाल्यो । उहाँले भन्नुभयो, “मसँग पैसा थिएन । छोरीले बुझेको तलबबाट भए पनि धारा जडानका लागि रु १० हजार तिरे ।

     अहिलेसम्म धारामा पानी आएको छैन् । कहिले आउँछ थाहा छैन ।” त्यस्तै जयपृथ्वी नगरपालिका–९ देवलकी टिटा मगर धामीले पनि रु १० हजार तिरेको करिब चार वर्ष जति हुन लाग्यो । उहाँहरु मात्रै नभएर गाउँका धेरै मानिसले पैसा तिरेको धेरै भयो । पानी आएको छैन् ।

     सेतो पाइप मात्र बिछ्याएको छ । यसतर्फ ध्यान सो समिति गएको छैन । सन् २०१९ अप्रिल ७ देखि काम गर्ने जिम्मा पाएको आशिष जेभी ग्वाँल्लेक निर्माण सेवाले जयपृथ्वी–११ भोपुरमा काम सुरुआत गर्ने गरी सहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जसँग रु २२ करोड ९२ लाख सम्झौता गरेको थियो ।

     करिब १८ महिनाभित्र काम सम्पन्न गर्नेे सम्झौतामा उल्लेख छ । हालसम्म ७५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । भारत र चीनबाट समेत सामान ल्याउनुपर्ने भएकाले र लकडाउनका कारणलेसमेत काममा ढिलाइ भएको जेभी कन्टक्सनका परामर्शदाता मकरबहादुर स्वाँरले बताउनुभयो ।

     अगामी दशैँभित्र समुदायस्तरमा पानी वितरण गर्ने तरिकालेसमेत काम भइरहेको जनाइएको छ । चैनपुरका लागि चार लाख ५० हजार लिटर, भोपुर बस्तीका लागि ५० हजार लिटर, देवल रिठापाठाका लागि एक लाख लिटर पानी वितरण गरिने समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रका करिब एकहजार १६५ घरधुरीलाई पानी उपलब्ध गराइने छ ।

     उहाँले भन्नुभयो, “आयोजना निर्माणस्थलमा सेती नदीमा आएको बाढीका कारणले आयोजना निर्माणमा ढिलाइ हुनगएको हो ।” परियोजना निर्माणका लागि एशियन डेभलपमेन्ट बैंक र नेपाल सरकारको ७० प्रतिशत र नगरविकास कोष र उपभोक्ताको ३० प्रतिशत छ । नगरपालिकाले पनि म्याचिङस्वरुप रु ४५ लाख सहयोग गरेको छ ।

     सुरुका अवस्थामा पनि सेती नदीको छालमा आयोजना बनाउनु नै गलत भएको तथा अहिले नदीको बाढीका कारणले निर्माणमा समेत ढिलाइ गरेको नगर उपप्रम्रख जुना जाग्रीले बताउनुभयो ।

     आफूले आयोजनाको निर्माणकार्य सुरु हुनअघि नै सेती नदीको छालमा नबनाउन आग्रह गरे पनि कसैले आफ्नो कुरा नसुनेको उहाँको भनाइ छ ।

    प्रकाशित मिति :भाद्र १४ २०७८ सोमवार - ११:०५:१० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij