Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

स्वर्णिम वाग्लेले गरे सचिवहरूलाई फोन– शक्तिशाली सरकार आउँदै छ, कुनै निर्णय गर्न हतार नगर्नू

स्वर्णिम वाग्लेले गरे सचिवहरूलाई फोन– शक्तिशाली सरकार आउँदै छ, कुनै निर्णय गर्न हतार नगर्नू


  • 1.5K
    Shares

    स्वर्णिम वाग्लेले गरे सचिवहरूलाई फोन– शक्तिशाली सरकार आउँदै छ, कुनै निर्णय गर्न हतार नगर्नू

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले मन्त्रालयका सचिवहरूलाई फोन गरेर कुनै पनि निर्णय गर्न हतार नगर्न भनेका छन् । सिंहदरबारस्थित विश्वासिलो स्रोतका अनुसार उनले चुनावको परिणाम आउँदै गर्दा मुख्य सचिव र विभिन्न मन्त्रालयका सचिवहरूलाई टेलिफोन गरेर दूरगामी महत्त्व बोक्ने विषयबारेका निर्णय नगर्न भनेका हुन् ।

    उनले शक्तिशाली दल रास्वपा बनेको र अब उसैको सरकार बन्ने निश्चित भएसँगै सरकार नआउञ्जेल कुनै निर्णय नगर्न भनेको सिंहदरबार स्रोतको दाबी छ । यसबारे मुख्य सचिवले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जानकारी गराइसकेको र सरकारमाथि अहिले नै ‘प्रेसर’ दिनु अनुपयुक्त भएको बताएका छन् । 

    डा. वाग्लेलवे ठूलो जनादेशसहित आफ्नो पार्टी सरकारको नेतृत्व गर्ने भएको हुँदा जे–जे निर्णय भएका छन् र प्रक्रियामा छन्, ती सबै यथास्थितिमा राख्नू भन्ने ‘आदेश’ दिएका हुन् । स्रोतका अनुसार नख्खु कारागारबाट छुटेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दा रास्वपा सभापति रवि लामिछानेले ‘सरकार भनेको अन्तिम दिनसम्म पनि चौडा छाती गरेर पूरा शक्तिका साथ काम गर्नुपर्छ’ भनेका थिए । उनकै उपसभापति वाग्लेले भने कार्की नेतृत्वको सरकारलाई अब कुनै पनि काम अघि नबढाउन दबाब दिन थालेका छन् । 

    ‘त्यसै पनि यो सरकार नागरिक सरकार हो । निर्वाचन गर्ने मुख्य जिम्मेवारी लिएको सरकारले त्यस्तो के दीर्घकालीन असर पुग्ने निर्णय गर्थ्यो होला र ?,’ स्रोतले भन्यो, ‘सरकारमा जानूअघि नै जुन किसिमले दबाब दिन खोजियो, यसले सरकारको मनोदशामा प्रभाव पारेको छ । त्यही बुझेर पनि हुनुपर्छ, अहिलेसम्म यहाँ क्याबिनेटको बैठक बसेको छैन । यो कुराले प्रधानमन्त्रीसमेत असन्तुष्ट हुनुभएको बुझेका छौँ ।’

    'यसबारेमा हामीले रास्वपा उपसभापति वाग्लेसँग बुझ्न खाेज्दा उनकाे फाेन सहकर्मीले उठाए पनि तत्काल सम्पर्क हुन नसक्ने जानकारी दिइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - १७:५३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij