Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी

बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी


  • 4.1K
    Shares

    • images
    बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी
    images

     काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।

     छलफलका लागि प्रचण्ड एक घण्टाअघि नै बालुवाटार पुगेका थिए । छलफल मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेको बताइएको छ ।

     शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा मन्त्रिपरिषद् विस्तारलाई छिट्टै पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

     नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

     सत्तारूढ गठबन्धनबीच कुन–कुन मन्त्रालय पाउने भन्ने भागबन्डा मिल्न बाँकी रहेको बताइन्छ ।

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - ११:३२:२६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij