२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । बजाजको पल्सर २२० नेपाली बजारमा चर्चित र सफल मोटरसाइकल हो । यो मोटरसाइकल सहर, पहाड जुनसुकै ठाउँको लागि अतिनै उपउक्त मानिने मोटरसाईकल मानिन्छ । अझ भन्ने हो भने पहाडी भेगका ग्राहकले पल्सर २२० लाई अझै धेरै विश्वसनीय मोटरसाइकल मान्ने गरेका छन् ।
यस मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन, ८५०० आरपीएम, २०।६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८।५५ एनएम टर्क, र इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको हुन्छ । यस मोटरसाइकलको सीट हाइट ७९५ एमएम र टप स्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यस मोटरसाइकल तौल १५५ किलोग्रामको छ भने बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । यस इन्धन क्षमता १५ रहेकोछ ।
नेपालमा उपलब्ध पल्सर २२० ए बि एस मा नयाँ ग्राफिस मात्र परिवर्तन भएको छ भने India मा Pulsar 220FI ABS बजारमा आइसकेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनीले केही समय अघि बजारमा एबीएस सहितको पल्सर २२० लकडाउन सुरु हुनु केही दिनअघि मात्रै नेपाल आएको थियो ।
नेपाली बजारमा एबीएस भर्सनको मूल्य ३ लाख ५९ हजार ९०० रहेको छ । १५० सि सि सम्मका बाईकहरुमा minimum २०%, १५१ सि सि माथिका बाईक हरुमा Minimum ३०% र ५० प्रतिशतमा डाउन पेमेन्टमा 0% प्रतिशत व्याजमा लिन सक्नेछ । २२० एबीएस मासिक किस्ता Rs 9997.22 रहेकोछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij