२०८२ भाद्र ८ गते आइतवार
पछिल्लो २४ घण्टामा देशभर १६ हजार ४३८ जनाको परीक्षण हुँदा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
आज थपिएकामध्ये काठमाडौंमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ गरि काठमाण्डौ उपत्यकामा ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिले देशभर ४० हजार ५ सय जना सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij